Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र २० गते ।

मोरङमा आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको हो ।

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी दुई सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा पाँच केजी सात सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सहप्रवक्ता थापाले बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *