सामाजिक फीड,
रौतहट, २० चैत्र । एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्ड पक्राउ परेका छन् ।
रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोदप्रसाद यादवलाई मोबाइलमार्फत् विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।