सामाजिक फीड-
जनकपुरधाम, चैत १९ गते ।
मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेको सरुवा भएको छ । उनको उनको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा (वाणिज्य) सचिवमा सरुवा भएको हो।
सरकारले सोमबार एकै पटक गरेको ११ जना सचिवको सरुवामा मधेशका प्रमुख सचिव घिमिरे पनि परेका छन् । घिमिरेको सरुवासंगै मधेश प्रदेशमा प्रदेश सचिवको पद रिक्त भएको छ ।