सामाजिक फीड,
काठमाडौँ, १९ चैत्र । नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएपछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तीन खेलको एकदिवसीय सिरिज हुने छ । सिरिजको पहिलो खेल बुधबार हुने छ ।