सामाजिक फीड,
काठमाडौ, १९ चैत्र । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर भएको छ । निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरअनुसार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।