Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १९ गते ।

जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल सुधार गृहको अनुगमनमा जाँदा त्यहाँको दयनीय अवस्था देखेको बताइन् ।

‘महोतरी जिल्लाको कारागारमा १४० कैदीबन्दीको क्षमता रहेकोमा ५९० जना राखिएको रहेछ । एउटै कोठामा ८४र८५ जना कोचेर राखिएको छ । हाम्रो देशमा मानव अधिकार कता हराएको छ ?’ सोमबार प्रतिनिधि सभाको बैठकमा बाल्दै उनले भनिन्, ‘राज्यले मानव अधिकारको ख्याल गर्नुपर्छ ।’

वीरगञ्जमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उनले बताइन् । मधेशका अन्य जिल्लामा पनि समस्या रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कारागारमा कैदीबन्दी त के पशु पनि बस्न नसक्ने अवस्था रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *