Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १८ गते ।

बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन् ।

बाबरले अब टी २० र एक दिवसीय फर्म्याटमा पाकिस्तान टोलीको कप्तानी सम्हालेछन्।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन्। उता शान मसुद टेस्ट टोलीको कप्तानमा कायमै रहनेछन्।

भारतको आयोजनामा खेलिएको एक दिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शनपछि बाबर आजमले तीनै फर्म्याटको कप्तानी छाडेका थिए।

त्यसपछि शाहिन शाह अफरिदीलाई टी-२० टिमको कप्तान बनाइएको थियो।

त्यसबेला शान मसुदलाई टेस्ट टोलीको कप्तान बनाइएको थियो। पाकिस्तानको टोलीले केही वर्षयता बिर्सनलायक प्रदर्शन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *