Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गत आज भारतको गुजरातसँग पहिलो खेल खेल्दैछ । भारतमा रहेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्न लागेको हो ।

टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २: ४५ बजेदेखि सुरु हुँदैछ । नेपालले बरोडासँग पनि खेल्ने छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुनेछ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *