भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो ।
लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । पञ्जावका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेटको क्षतिमा १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्वाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।
यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ ।