Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १२ गते ।

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । अर्का एक युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो छन् ।

सोही ठाउँका स्थानीय २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।

डिएसपी अवाका अनुसार आज साँझ साढे ६ बजेको समयमा जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

एम्बुलेन्स र मोटरसाइकल तिव्रगतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यस क्रममा मोटरसाइकलमा सबार दुबैजना गम्भीर घाइते भएका थिए ।

जितेन्द्रको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे मृत्यु भएको डिएसपी अवाले बताए । एम्बुलेन्स चालक फरार रहेको र खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *