सामाजिक फीड-
जनकपुरधाम, चैत १२ गते ।
मिथिला माध्यमिकी परिक्रमा आज अन्तगरगृह परिक्रमा गरी सम्पन्न हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गर्ने क्रम जारी छ ।
मध्यमा तथा अन्तगृह परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास सहित हजारौं नरनारी परिक्रममा सहभागी हुने गर्दछन् ।

फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।
१५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ । परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमा यात्री श्रद्धालुहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।