सामाजिक फीड,
काठमाडौँ, ११ चैत्र । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आजबाट चीनको भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् ।
उनले त्यहाँ बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) र नेपालमा चिनियाँ लगानीबारे छलफल गर्नेछन् । चीन भ्रमण क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । आगामी मंगलबार श्रेष्ठले चिनियाँ समकक्षी यीलाई भेट्नेछन् ।
नेपालले सन् २०१७ मे महिनामै बीआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो । तर बीआरआईअन्तर्गत अधिकांश परियोजनामा हालसम्म ठोस प्रगति हुन सकेको छैन । कूटनीतिक तथा राजनीतिक भेटवार्ता सम्पन्न गरेपछि परराष्ट्रमन्त्री श्रेष्ठ तिब्बतको मानसरोवर पुग्नेछन् । उनी चैत १९ गते स्वदेश फर्कनेछन् ।