Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ११ गते ।

आज विश्व क्षयरोग दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

हरेक वर्ष मार्च २४ का दिन विश्वभर मनाइने यो दिवसमा यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारा तय गरिएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर
छन् ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ ।

यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित भएकाले आजका दिनसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भैरहेको छ ।

नेपालमा औपचारिक रुपमा क्षयरोगको उपचार सन् १९३७ बाट भएको देखिन्छ । सन् २०१८ भन्दा अघिका वर्षहरूमा नेपालमा औसतमा वार्षिक रुपमा करिब ४५ हजार जति नयाँ क्षयरोगका बिरामीहरू देखापर्ने अनुमानका आधारमा नीति योजना र कार्यक्रम बनाएर उपचार गर्ने गरेको देखिन्छ ।

यही सर्वेक्षणले नेपालमा क्षयरोगका कारणले हरेक वर्ष करिब १७ हजार नेपाली नागरिकले अकालमा ज्यान गुमाउने गरेको तथ्य पनि देखाएको छ ।

यो मृत्युको संख्या अनुमानित जम्मा नयाँ बिरामीको संख्याको करिव २५ प्रतिशत हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *