Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १० चैत । मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले थप तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *