Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । चैत १५ गतेबाट हुन लागेको एसईई परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई हुँदैछ । बोर्डका अनुसार यस वर्षको देशभरबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थीले फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाहरूमा पठाइसकिएको पनि बोर्डले जनाएको छ ।

केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *