०६ कार्तिक, जनकपुरधाम। हिन्दु धर्मावलम्बीले दशैंपछिको नेपालको दोस्रो चाड तिहार भोलिदेखि सुरु हुँदैछ । उज्यालोको पर्व पनि भनिने तिहारलाई सामान्यतया धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–आराधना गरी पाँच दिनसम्म मनाइन्छ । यस पर्वमा मानिसहरूले आफ्नो घर तथा व्यवसायलाई विभिन्न प्रकारका बत्तीहरूले सजाउँछन् । पर्वमा मृत्युका देवता यमको सम्मान गरिन्छ ।
दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी यमको आफ्नी बहिनीसँगको सम्बन्धलाई पनि सर्वसाधारणले मनाउने गर्छन् ।तिहारको पहिलो दिन काग तिहार हो । यस दिन मानिसहरूले कागलाई स्वादिष्ट भोजन र पूजा गर्छन्। हिन्दू परम्परा अनुसार कागलाई मृत्युको दूतका रूपमा पूजा गरिन्छ।
