Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । इन्डियन प्रिमियर लिग आईपीएलको साविक विजेता चेन्नई सुपर किङ्सको कप्तान परिवर्तन भएको छ । बिहीबार क्लबले महेन्द्र सिंह धोनीको ठाउँमा आगामी सिजनका लागि रूतुराज गायकवाडलाई नियुक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि सन् २०२४ को कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन् । ऋतुराज २०१९ देखि क्लबको हिस्सा रहेका छन् र यस अवधिमा उनले ५२ आईपीएल खेल खेलेका छन्।’

गायकवाडले अहिलेसम्म भारतबाट ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले ११५ रन बनाएका छन् । योसँगै उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन् । उनले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए । सन् २०२१ को आईपीएल सिजनमा गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *