Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र ८ गते ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतो पार्टी छोडेर गएपछि पार्टीलाई कुनै अहित नहुने बताएका छन् ।

महतो पार्टी छाडेर गएकाले पार्टीले उनलाई निष्कासन गरेको समेत बताए ।

महोत्तरीको बर्दिबासमा भएको लोसपाको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दे अध्यक्ष ठाकुरले पार्टी भित्र बसेर पार्टीको विना कुनै अनुमति लिएर कार्यक्रम गर्ने गए केही फरक नपर्ने बताए ।

अध्यक्ष ठाकुरले महतोको अभियानबार उनले मधेसमा कस्तो प्रभाव पार्ने त्यो पछि देखिने तर महतोमाथि प्रभाव पर्ने बताए । अनिल झाबारे समेत अध्यक्ष ठाकुरले उनी आफै गएको बताए ।

संघीय गठबन्धनमा नरहेपनि मधेस सरकारमा रहेको प्रश्नमा अध्यक्ष ठाकुरले प्रदेश र संघ फरक फरक व्यवस्था रहेकाले संघकै नजरले सबै ठाउँमा देखिननहुने बताए । उनले प्रदेशमा अहिले अवस्था फरक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *