Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र ८ गते ।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए ।

मधेसी,थारू आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएन। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *