Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ७ गते ।

मोरङमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन् । गए राति पत्नीको धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि उनले पनि आफ्नो घाटी रेटेर आत्महत्या आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका छोराले भने भागेर बाँचेका छन् ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो । लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेको कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । घरझग्डाकै कारण यस्तो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *