Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ५ गते ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । पूर्व सभामुख समेत रहेका महरा सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिए अनुसार नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उनलाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । तर, स्वास्थ्य अवस्थाको कारण अस्पताल भर्ना गर्न अदालतले आदेश दिएको हो ।
सोमबार दिउँसो महरा पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *