Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

बसमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *