Samajik Feed – News Portal from Nepal

पर्सा, २ चैत्र । वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले चार लाखभन्दा बढी हुण्डीको रुपैयाँ तथा विभिन्न बैंकका चेकबुकसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–१० का कुनालकुमार जयसवाल, वीरगञ्ज–१० का वीरेन्द्र साह, रेखाकुमारी साह र जगरनाथपुर गाउँपालिका–६ का मितुकुमार कुर्मी छन् । जयसवालले आफ्नै घरबाट हुण्डी कारोबार गरिररहेको सूचना प्राप्त भएपछि छापामारी रकमसहित उनीहरूलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनीहरूका साथबाट विभिन्न बैंकका चेकबुक १३, काटिएको चेक ६६ थान र विभिन्न बैंकमा डिपोजिट स्लिपहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *