Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, चैत २ गते ।

महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता गरेका छन्।

उठिबास गराउनेगरी अनुचित रकम असुल गरेको भन्दै पीडितले दिएको निवेदनमाथि छलफल गरी ११ करोड १५ लाख ४ हजार ९२ रुपैँया फिर्ता गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालसम्म अनुचित लेनदेन सम्बन्धित २ हजार ८ सय ३० वटा निवेदन दर्ता भएको छ ।

तीमध्ये १ हजार ३ सय ३९ वटा निवेदनमाथि छलफल भएको र ७५९ वटा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले बताए ।

उनका अनुसार रकमसँगै मिटरब्याजीहरूले कब्जा गरेका २० बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएका छन् ।

गत फागुन महिनामा मात्रै १८६ वटा छलफल भई १ सय ५५ वटा मिलापत्र गराइएको डिएसपी गिरीले बताए ।

उनका अनुसार त्यसबाट ४ करोड ९० लाख ११ हजार ३३४ रुपैंया फिर्ता भएको छ ।

त्यस्तै सोही अवधिमा ७ बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएको प्रहरीले जनाएको छ।

बांकी रहेका निवेदनमाथी समेत छलफलको तयारी भइरहेको डिएसपी गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *