Samajik Feed – News Portal from Nepal

०४ कार्तिक, जनकपुरधाम। त्रिभुवन आर्मी क्लबले ३ सय ७१ पदकसहित लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्दै नवौं राष्ट्रिय खेलकुदको समापन भएको छ । पूर्वाञ्चल र लुम्बिनी प्रदेशमा क्रमशः सातौं र आठौं संस्करणको उपाधि जितेको टीएसीले १७२ स्वर्ण जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री देउवाले प्रधानसेनापति रथी प्रभुराम शर्मालाई ट्रफी हस्तान्तरण गरेका हुन् । नेपाल एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको छ ।विभागीय पक्षको दबदबा रहेको खेलमा नेपाल पुलिस क्लब ६१ स्वर्ण र रजत र ७९ कास्य गरी १९५ पदकसहित तेस्रो भएको छ ।

घरेलु टोली गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित चौथो स्थानमा रहेको छ भने पाँचौँ स्थानमा रहेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित कुल १४५ पदक जितेको छ । प्रदेश १ सुदूरपश्चिम र एनआरएनएले १०–१० स्वर्ण पदक जितेका छन् । मधेस र कर्णालीले क्रमश छ, पाँच र दुई स्वर्ण पदक जितेका छन्। खेलमा दुई प्रदर्शनी खेलसहित ३६ वटा खेलमा समावेश छन्। खेलकुदमा ६१ वर्षीय धनबहादुर घले सबैभन्दा पाको उमेरका खेलाडी हुन् भने सात वर्षीया पौडीकी ऋतिक भूमि समापन समारोहमा नेपाली सेना र नेपाल प्रहरीका तर्फबाट मार्चपास्ट भएको थियो भने पोखरा रंगशालामा प्रख्यात गायक आनन्द कार्की, मिलन नेवार र प्रकाश सपुतको साथमा बी–बोइङ टोलीबाट दर्शकले रमाइलो गरेका थिए ।

विभिन्न विद्यालयले लोकगीत प्रस्तुत गरेका थिए भने कलाकारहरुको समूहले कौडा नृत्य प्रस्तुत गरेका थिए । समापन समारोहको समापनमा पोखरा रंगशाला आतिशबाजीले उज्यालो बनाइएको थियो ।दुई वर्षपछि कर्णालीमा १०औँ संस्करणको खेल हुँदैछ । प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर डिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *