Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।

वीरगञ्जमा सुनको सिक्री नपाएको निहुमा बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । विवाह सम्बन्धि कसुरमा बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनामाथि जिल्ला अदालत पर्सामा दुईदिन हिरासतमा राख्ने म्याद थप भएको हो ।

पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई दुईदिन हिरासतमा राख्ने म्याद थप भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

बिबद हुँदा पक्राउ परेका बेहुली पक्षका मानिसहरुको नाम भने प्रअरीले गोप्य राखेको छ ।
सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसंग विवाहको लागि जन्ती आएको थियो । सामाजिक परम्परा अनुसार विवाहको लागि विधि स्वयम्बर भइसकेपछि मण्डपमा बहेको बेला बेहुलाले सुनको सिक्री नभएको भन्दै बिहे इन्कार गरी जन्ती फर्काउन खोजेपछि बिबद भएको थियो । बिबाद लगतै पुगेको वडा प्रहरी कार्यालय श्रीपुरले बहुलासहित आठजनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *