Samajik Feed – News Portal from Nepal


 सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।


जन्ती राख्नको लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ कार्यालयमा आज विदा रहेको छ ।


 स्थानीय एकजनाको विहेमा आएको जन्ती सोमबार राति आएपछि वडा कार्यालयको भवनमा बास राखिएको हो । त्यसकारण आज वडा कार्यालय बन्द छ ।

कार्यालय सहयोगीको घरमा विवाह रहेकाले बिदा, वडासचिव मदन महतो बिरामी बिदा भएकाले आज वडा कार्यालय बन्द रहेको वडा नं. २५  का वडाध्यक्ष चन्देश्वर साहले साहले स्वीकारे । वडा कार्यालयको सभाहलमा जन्ती राखिएकोले वडाको काममा अवरोध नभएपनि सचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको वडाध्यक्ष साहको तर्क छ ।
‘उहाँहरु आउनु भएन । म पनि गइन । त्यस कारण वडा कार्यालय बन्द छ । जन्ती हलमा भएकोले कुनै समस्या परेको छैन ‘, वडाध्यक्ष साहले भने ।
 
स्थानीयले वडा कार्यालय बन्द राखेपछि सेवाग्राही सेवाबाट बञ्चित भएका छन् ।  वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेपछि आफू काम नगराई रितै फर्केएक सेवाग्राहीले गुनासो गरे ।
वडाध्यक्ष साहले सेवाग्राहीको काम निन्तर हुने गरेकाले कुनै समस्या नभएको जिकिर गरे । यधपी वडा कार्यालयले बिदा रहेको सूचना भने जारी गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *