समाजिक फीड
जनकपुरधाम, फागुन २८ गते ।
राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका सांसद युवराज शर्मा र नेकपा माओवादीका नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना शर्माको प्रस्तावक हुन भने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ समर्थक छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।
उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्।
मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्। त्यसैगरि सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।