Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २८ गते ।

मिथिला मध्यमा परिक्रमा आज दोश्रो जनकपुरको हनुमान नगरबाट भारत बिहारको कल्ना प्रस्थान गरेको छ । आइतबार बिहान मिथिला बिहारी नगरपालिकाको कचुरि स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा राति हनुमाननगरमा बिश्राम गरेको थियो । आज बिहानैदेखि परिक्रमा यात्री भारत बिहारको कल्नाको लागि प्रस्थान गरेका हुन् ।

साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना प्रस्थान गरेका छन् । कल्ना पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पूजापाठ गरेपछि त्यहाँ रात्रीकालीन बिश्राम गर्ने छन् । भोलि बिहानै परिक्रमा भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन् ।

धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुने गर्दछ ।

भोली गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तरगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *