Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, फागुन २७ गते।

महोत्तरीबाट दुई प्रहरी घुस सहित अख्तियारको फन्दामा परेका छन् ।
गौशाला नगरपालिका वडा नं.१२ स्थित कान्तिबजार प्रहरी चौकी असई शर्मा प्रसाद यादव र हवल्दार २० हजार घुस सहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला-१२ स्थित गौरिटोल नजिक मुसहर बस्ती जाने बाटोमा करिव ५:३० बजेको समयमा २० हजार रकम सहित बर्दिवास बाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमको नम्बर सहित पक्राउ गर्न सफल भएको छ।

पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *