Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २७ फागुन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाइएको भन्दै आपत्ति जनाएको छ । समितिको संयोजक रूपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारले हामी पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मुख्य अपराधीलाई नै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो । यस हर्कतले न्यायको पर्खाइमा रहेका हामी पीडितलाई झन् पीडित एवं मर्माहत बनाएको छ ।’

आइतबार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *