Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी केन्द्रीय कार्यालयमै कुटपिट भएको छ ।

आइतबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यासम्पादन समितिको बैठकबाट बहिरिँदै गर्दा उनीमाथि कुटपिट भएको हो ।

कुटपिटको भिडियो सार्वजनिकसमेत भएको छ । कुटपिट घटनाको कारण खुल्न बाँकी रहेको छ । कुटपिटमा परेका श्रेष्ठ एपीएफका पूर्वएआईजीसमेत हुन् । सिंहका अनुसार आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *