Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २७ गते ।

जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्।

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

एमाले-माओवादी-रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्।

गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *