सामाजिक फीड,
सप्तरी, २६ फागुन । सप्तरीको तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव फेला परेको छ । शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि राजविराज नगरपालिका–१६ का राजेशकुमार यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।
शवसँगै मोटरसाइकल पनि भेटिएकाले दुर्घनामा परेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।