सामाजिक फीड,
तनहुँ, २५ फागुन । तनहुँको दाउन्नेमा भएको आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार ऋषिङ गाउँपालिका–६ को दाउन्नेमा भएको आगलागीमा परी बालक शिशिर थापाको हो ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।
बालकको निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।