समाजिक फिड
जनकपुरधाम, फागुन २५ गते ।
संघमा सत्ता समिकरण फेरिए लगतै मधेश प्रदेशमा समेत मन्त्रीपरिषद हेरफेर हुने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
संघीय सरकारमा गठबन्धनबाट बाहिरिएको कांग्रेसले प्रदेश सरकारबाट नहटेपछि मुख्यमन्त्री यादवले उसलाई हटाएर नयाँ मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् ।
संघमा बनेको नयाँ गठबन्धन अनुसार मन्त्रीमण्डल हेरफेरको तयारी भइरहेको जनता समाजवादी पार्टीका एक नेताले बताए ।
ती नेताका अनुसार अब गठन हुने मन्त्रिपरिषदमा कांग्रेसको ठाउँमा एमालेका मन्त्रीहरु बनाइने छ ।
यद्दपी मुख्यमन्त्री यादवको पद भने यथावत रहनेछ । नयाँ मन्त्रीमण्डलमा एमालेसहित जसपा, माओवादी र नेकपा एसलाई समेटिनेछ ।
मधेश प्रदेश सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक छ ।
अहिलेको नयाँ गठबन्धन अनुसार एमालेका २३, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ जना प्रदेश सांसदहरू रहेका छन् ।