समाजिक फीड
जनकपुरधाम, फागुन २५ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय समितीको बैठकको तयारीबारे छलफल गर्ने भएको छ ।
त्यसका लागि पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।
महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको लोसपाका महासचिव डा.सुरेन्द्र झालेबताए ।
बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो ।
ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।