Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , फागुन २५ गते ।

आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

महिलाको विकास लक्षित कार्यक्रमले महिलालाई मात्र होइन, देश, समाज सबैलाई फाइदा पुर्‍याएको छ ।
शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ ।

अहिले ३३ प्रतिशत महिला सङ्घीय संसद्मा नै छन् । पालिकामा झण्डै ५० प्रतिशत महिला छन् । राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा महिला पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *