Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।

जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु भएका बिन्धीका मृतक ५८ वर्षीया देवकली साह र २६ वर्षीया राखी देवी यादवको घरमा पुगेर माओवादी केन्द्रका नेता भरत प्रसाद साह पुगेर संवेदना प्रकट गरेका छन् । माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री समेत रहेका साह बिहीबार घरमै पुगेर मृतक परिवारसंग घटनाको विषयमा जानकारी समेत लिएका हुन् ।

उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति संवेदान प्रकट गर्दै दोषीलाई कडा कारबाहीको लागि पहल गर्ने आश्वासन दिएका हुन् ।

गत फागुन २० गते जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ स्थित बिन्धीमा छोरीको विहेको विधिको लागि माटो ल्याउँन जान लागेको महिलाको भीडलाई प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कूलको बसले ठककर दिँदा राखी र देवकलीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।

नेता साह समक्ष मृतक परिवारहरुले लापरबाही गरेर भीडमाथि बस चढाउने चालकलाई प्रहरीले जोगाउन खोजेको गुनासो गरेका छन् । भीड हेरेर पनि अत्यधिक गतिमा चलाएको बसले किचेर ठूलोजनधनको क्षति पुर्याउने चालक र स्कुलका संचालकसहितमाथि कर्तव्यज्यान मुद्दा दर्ता गर्नुपर्ने मृतक परिवारहरुको माग छ । यधपी प्रहरीले कर्तव्यज्यान मुद्दा दर्ता गर्न इन्कार गरेर दोषीमाथि कर्तव्यज्यान मुद्दा चलाएर बचाउन खोजेको पीडित परिवारहरुको गुनासो छ ।
नेता साहले जथाभावी बस चलाएर घटना घटाउने चालक र स्कुल संचालकमाथि कानुन बमोजिम कारबाहीको लागि आफूले पहल गर्ने आश्वासन दिए ।

‘जथाभावी बस चलाएर जनधनको क्षति पुर्याउने दोषीमाथि कारबाही हुनुपर्छ । म यसको लागि पहल गर्छु’ नेता साहले मृतक परिवराहरुलाई आश्वासन दिँदै भने ।

मृतक राखी यादवको घरमा नन्दको विहे थियो । साँझ विवाह मण्डपको विधिको लागि माटो ल्याउन जान लागेको बेला तिव्रगतिमा आएको बस महिलाहरुको भीडलाई ठक्कर दिएको थियो । जसमा राखी र छिमेक देवकलीको मृत्यु भयो । ६ जना घाइते भएका थिए । उनीहरुको उपचार अहिले पनि जारी छ ।
मृतक राखी देवी यादवका अढाई वर्षीय छोरा र ४ वर्षीया छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *