काठमाडाैँ, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।
बिहीबार आयोगले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम रहने निर्णय गरेको हो । आयोगले पार्टीको विधानको संशाेधन अभिलेख अद्यावधिक गर्न नमिल्ने जनाएको छ । टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए ।
आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न उठाएको थियो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् । आयोगले अभिलेख अध्यावधिक गर्न नमिलेको जानकारी दललाई दिने निर्णय गरेको हो ।