सामाजिक फीड,
पर्सा, २४ फागुन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । नगर प्रमुख सिंहले नागरिकता कीर्ते गरेको कसूरमा पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो । यस
करिब दुई साताअघि आएको जाहेरी बिहीबार दर्ता भएको प्रहरीले जनाएको छ । जाहेरीको विषयमा विस्तृत विवरण आउन बाँकी छ । सिंहले नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता बनाइदिएको केही महिनाअघि आरोप लागेको थियो ।
यो आरोप लागेपछि छानबिन पनि सुरु भएको थियो । त्यसैक्रममा जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायव भएको पाइएको थियो ।