देउखुरी, फागुन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।
बुधबार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । संघमा नयाँ सत्ता गठबन्धन बनेपछि त्यसको असर प्रदेशहरूमा पनि देखिएको छ ।
मुख्यमन्त्री चाैधरीले दुई वटै मन्त्रालय आफूसँग नै राखेका छन् ।