Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, फागुन २३ गते

मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनमा उत्रिएका किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहा सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री निवास को ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।

बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *