सामाजिक फीड-
जनकपुरधाम, फागुन २३ गते ।
कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । प्रहरीले ३७ जनाको प्रहरीले जिवितै उद्धार गरेको छ ।
मृत्यु हुनेमा पाँचजना पुरुष र एक महिला छन् ।
काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङ गजुरीस्थित गलौदीमा आज बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । ३८ जनालाई उद्धार गरिएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।
घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।