Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २२ गते ।

पन्ध्र दिने मथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा र्दुइदिन माछामासु विक्रीवितरण रोक लगाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । यस्तै डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निर्णय जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले निर्णय गरेको हो ।

‘…परिक्रमा क्षेत्रमा परापूर्वकाल देखि चलि आएको परिक्रमा पर्वलाई व्यस्थित समाचार गर्न गराउनका लागि प्रत्येक पडावस्थलमा पवित्र डोला विश्राम हुने भएकाले पडावस्थलहरु र सोको १ किमी वरपरको क्षेत्रमा २४ घण्टा अगावै देखि ४८ घण्टाको लागि माछा मासु बेचबिखन पशुपक्षी काटमार र मदिरा विक्रि वितरण तथा सेवन गर्न निषेध गर्ने…’ निर्णयमा उल्लेख छ ।
त्यस्तै परिक्रममाको क्रममा चर्को आवाजमा धार्मिक बाहेकका गीतहरु डिजे बजाउन निषेध गर्ने, त्यसको नियन्त्रणका लागि स्थानीय पालिकाको समन्वयमा सम्बन्धित सुरक्षा इकाईबाट गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेका अनुसार परिक्रमा मार्गमा पर्ने स्थानीय पालिकाहरुलाई समन्वय गरी स्वास्थ्य, विद्युत, खानेपानी टेलिकम, सड़क, ट्राफिक लगायत व्यवस्थापन गर्ने, सहभागि डोलाहरु निर्धारित स्थान र समयबाट प्रस्वान भइसकेपछि परिक्रमा मार्गमा विगतदेखि चलि आएको परम्परा अनुसार व्यवस्था मिलाउन जनकपुर क्षेत्र विकास परिषद्ले समन्वय गर्ने, परिक्रमा अवधिभर सुरक्षा निकायबाट समन्वयात्मक रुपमा सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लगायतको निर्णय गरिएको हो । परिषदले परिक्रमा व्यवस्थापनको लागि सम्बन्धित पक्षको बैठक बोलाएर थप निर्णय गर्ने लगायतको आठ बुँदे निर्णय भएको प्रजिअ पाण्डले बताए ।

विश्वकै ठूलो पद यात्रा अगामी फागुन २७ गतेदेखि धनुषाको मिथिला बिहारी नगरपालिका कचुरिबाट सुरु हुने तयारी छ ।
फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ । जसमा हजारौं श्रद्धालु भाग लिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *