विराटनगर, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा एक किशाेरीको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
किशाेरीको हत्यामा संलग्न रहेकाे आशंकामा माेरङ प्रहरीले ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको हो । उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको साेमबार राति निर्मम हत्या गरिएकाे थियाे । ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् । राति शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा उनको हत्या भएको थियो ।