Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, २२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता गठबन्धन सरकारमा सहभागी हुने भएको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिले संघीय सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीबाट सहभागी हुने मन्त्रीहरूको निर्णय गर्न बाँकी रहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

यसका लागि आज ४ बजे बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *