सामाजिक फीड,
काठमाडाैँ, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा भएको समाराेहमा रामचन्द्र पाैडेलले नवनियुक्त मन्त्रीहरू पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् ।
नेकपा एमालेबाट गिरी, नेकपा माओवादी केन्द्रबाट तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्याल मन्त्री बनेका हुन् । उनीहरूलाई हाल बिनाविभागीय मन्त्री बनाइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाएसँगै नयाँ मन्त्रीहरू नियुक्त गरिएको हो । कांग्रेसलगायत पुरानो गठबन्धनका मन्त्रीहरू हटेका छन् ।