Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् ।

सोमबार दिउँसो धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डीएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

गुल्मको क्वार्टरमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *