Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २१ फागुन । राष्ट्रियसभाका नव नवनिर्वाचित १९ सांसद्ले शपथ ग्रहण गरेका छन् ।

सोमबार संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरू रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले सपथ ग्रहण गरेका हुन् ।

रिक्त २० जनामध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका थिए । उनीहरूलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । यसअघि आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद्लाई बिदाइ गरिएको थियो । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *